काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन Kathmandu University School of Education र बाजुराको बडीमालिका नगरपालिकाबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रको विकासका लागि आज (26 December 2025) समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल र बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयको विकास शिक्षा विभागअन्तर्गत रहेको "सेन्टर फर स्किल्स एन्ड सोसाइटीज" ले बडीमालिका नगरपालिकामा कार्यरत TVET शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास तथा शिक्षा रणनीति योजना (Education Strategy Plan) तयार गर्न नगरपालिकालाई प्राविधिक तथा शैक्षिक सहयोग प्रदान गर्नेछ।

यस सहकार्यले स्थानीय तहमा सीपमूलक तथा रोजगारमुखी शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता बढाउन र स्थानीय आवश्यकता अनुरूप शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै स्थानीय तहमा प्रभावकारी TVET कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

११ पुष २०८२, शुक्रवार
44 views

सीपमूलक तालिम पाठ्यक्रम विकासका लागि NAVT र TITI बीच सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिकप्रशिक्षण प्रतिष्ठान National Academy of Vocational Training-NAVT र प्राविधिक प्रशिक्षण प्रतिष्ठान Training Institute for Technical Instruction - TITI बीच सीपमूलक तालिमकाे पाठ्यक्रम विकाससम्बन्धी सहजकर्ताहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता सम्पन्न भएको छ।

आज पौष ११ गते TITI मा भएको सम्झौतामा NAVT का कार्यकारी निर्देशक रमेश कुमार बखती र TITI का कार्यकारी निर्देशक अनुज भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको SaMi Programme को प्राविधिक सहयोगमा कार्यान्वयन हुनेछ, जसलाई Helvetas Nepal ले सञ्चालन गरिरहेको छ।

सम्झौताअनुसार प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएपछि राष्ट्रिय व्यवसायिक तालिम प्रतिष्ठानले आर्थिक वर्ष २०८२/०८३ भित्र विभिन्न पेशागत क्षेत्रमा १५ वटा सीपमूलक तालिम पाठ्यक्रम विकास गर्ने योजना बनाएको छ।

ती पाठ्यक्रमहरू राष्ट्रिय पेशागत दक्षता मापदण्ड (National Occupational Competency Standards) अनुरूप तयार गरिने र श्रम बजारको वास्तविक आवश्यकतामा आधारित हुने जनाइएको छ।

यस पहलले दक्ष जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी प्रवर्द्धन र उद्योगको आवश्यकता अनुसारको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

TVET क्षेत्रको सुदृढीकरण तथा सीप–रोजगार–उद्योगबीचको समन्वय मजबुत बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

११ पुष २०८२, शुक्रवार
37 views

समाचार

काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन Kathmandu University School of Education र बाजुराको बडीमालिका नगरपालिकाबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रको विकासका लागि आज (26 December 2025) समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल र बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयको विकास शिक्षा विभागअन्तर्गत रहेको "सेन्टर फर स्किल्स एन्ड सोसाइटीज" ले बडीमालिका नगरपालिकामा कार्यरत TVET शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास तथा शिक्षा रणनीति योजना (Education Strategy Plan) तयार गर्न नगरपालिकालाई प्राविधिक तथा शैक्षिक सहयोग प्रदान गर्नेछ।

यस सहकार्यले स्थानीय तहमा सीपमूलक तथा रोजगारमुखी शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता बढाउन र स्थानीय आवश्यकता अनुरूप शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै स्थानीय तहमा प्रभावकारी TVET कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

११ पुष २०८२, शुक्रवार
44 views

लेख

टिभेट टाइम्सः प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको सारथी

आधुनिक युगमा राष्ट्र निर्माणको मुख्य आधार शिक्षा नै हो। त्यसै क्रममा, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम ९टिभेट० ले नयाँ युगको आवश्यकता र रोजगारीको मागलाई पूरा गर्ने क्षमता राख्छ। यही आवश्यकता र अवसरलाई मध्यनजर राख्दै, टिभेट टाइम्सले आजदेखि परिक्षण प्रकाशनकारुपमा आफ्नो अनलाइन यात्रा सुरु गर्दैछ।

टिभेट टाइम्स नेटवर्क प्रा. लि. द्वारा संचालित यो पोर्टल केवल समाचार, विचार र विमर्शहरुमा मात्र सीमित नरही, प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा एउटा अभियान को रूपमा क्रियाशिल हुनेछ। हाम्रो मुख्य उद्देश्य यस क्षेत्रलाई प्रवद्र्धन, शुद्धीकरण र सशक्तिकरण गर्नु हो।

विगत लामो समयदेखि यसै क्षेत्रमा काम गर्दै आएको अनुभवी टिमद्धारा टिभेट टाइम्स संचालन हुँदैछ । हामी वेबसाइट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, लिंकडिन, ट्विटर लगायत सबै प्रमुख सामाजिक सञ्जाल मार्फत समाचार, लेख, जानकारी, संघर्ष र सफलताका कथा देखि नीति निर्माण तथा कार्यान्वयनका लागि विचार विमर्श, बहस, छलफल र अन्तरक्रिया सँगै प्रवर्द्धनात्मक सामग्रीहरु उत्पादन तथा प्रकाशन गर्नेछौं।

नेपालमा टिभेट क्षेत्रको महत्त्वप्रति सबैको ध्यान आकर्षित गराउनु जरुरी छ। छोटो अवधिको सिपमूलक तालीमदेखि लिएर प्रिडिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र, स्नातक, स्नातकोत्तर हुँदै पिएचडी सम्मका कार्यक्रमहरूको विस्तृत योगदान र यसबाट आउने आर्थिक र सामाजिक परिवर्तनलाई व्यापक रूपमा बुझ्न र बुझाउन यो माध्यम प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ ।

यो क्षेत्रमा ठूलो आर्थिक लगानी छ, र हरेक वर्ष यहाँबाट हजारौं सिपयुक्त युवा जनशक्ति तयार भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा सफल भइरहेका छन्। तै पनि, टिभेट सम्बन्धी जनचेतना र सकारात्मक वातावरण अझै पर्याप्त छैन। ससाना नीतिगत र व्यवहारिक चुनौतीका कारण यसक्षेत्रको अथाह सम्भावना ओझेलमा परेको छ ।

त्यसैले, हामी सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै, निष्पक्ष, पारदर्शी र प्रभावकारीरूपमा यस क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिवद्ध छौं।

टिभेट टाइम्स यस क्षेत्रको आवाज बन्दै यसको गतिविधिहरू प्रकाशमा ल्याउने, र देशभरिका युवा, अभिभावक, शिक्षक, प्रशिक्षक, शिक्षालय संचालक र नीति निर्माताहरूलाई सूचनामूलक, शैक्षिक र प्रेरणादायी सामग्री प्रदान गर्नेछ। सरोकारवाला सबै पक्षबाट साथ, सहयोग र सुझाव सल्लाहको अपेक्षा सहित, धन्यवाद ।

प्रकाशकीय

टिभेट टाइम्स नेटवर्क

१० कार्तिक २०८२, सोमवार
168 views
© 2025 TVET Times. All Rights Reserved.