
TVET प्रशिक्षकको शिक्षण सीपलाई शैक्षिक उपलब्धिमा रूपान्तरण गर्ने ऐतिहासिक पहल, KUSOED र Swisscontact बीच अनुदान सम्झौता
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रका प्रशिक्षकहरूको अभाव र गुणस्तरीय शिक्षण क्षमताको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले Kathmandu University School of Education (KUSOED) र Swisscontact बीच महत्वपूर्ण अनुदान तथा सहकार्य सम्झौता सम्पन्न भएको छ।
Swisscontact ले आफ्नो QualiTY Project तथा SDC समर्थित Quality TVET for Youth Project मार्फत “Training and Certification Programme to Enhance Pedagogical Skills of TVET Instructors” कार्यान्वयन गर्न KUSOED सँग सम्झौता गरेको हो। यस पहलले TVET प्रशिक्षकहरूको शिक्षण सीपलाई औपचारिक शैक्षिक उपलब्धि तथा करिअर विकाससँग जोड्दै नेपालमा अझ व्यावसायिक र दक्ष TVET जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमले नयाँ तथा कार्यरत दुवै प्रकारका TVET प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा केन्द्रित हुँदै MTVET र PGDTVI जस्ता शैक्षिक मार्गहरू प्रदान गर्नेछ। साथै, Blended learning approach अपनाउँदै सिकाइलाई लचिलो, व्यवहारिक र उद्योगमैत्री बनाइनेछ। कार्यक्रमअन्तर्गत Recognition of Prior Learning (RPL) लाई मान्यता दिइनेछ भने Training Institute for Technical Instruction (TITI) सँग सहकार्य गर्दै कार्यक्रमको गुणस्तर सुनिश्चित गरिनेछ। साथै TVET क्षेत्रका सरोकारवाला निकाय तथा उद्योग साझेदारहरूसँग घनिष्ठ सहकार्य गरिनेछ।
उक्त सम्झौतामा १२ डिसेम्बर २०२५ मा KUSOED का डिन Prof. Bal Chandra Luitel र Swisscontact Nepal का Country Director Sanjay Karki ले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर समारोहमा Training Institute for Technical Instruction (TITI) का Executive Director Anoj Bhattarai को पनि उपस्थिति रहेको थियो।
QualiTY Project नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो, जसलाई Swiss Agency for Development and Cooperation (SDC) को तर्फबाट Swisscontact ले प्राविधिक सहयोग प्रदान गर्दै कार्यान्वयन गरिरहेको छ। यस परियोजनाले नेपालमा TVET प्रणालीको गुणस्तर, प्रशिक्षकको पहिचान तथा व्यावसायिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
KUSOED ले उक्त Training and Certification Programme लाई औपचारिक रूपमा फेब्रुअरी २०२६ मा सार्वजनिक शुभारम्भ गर्ने जनाएको छ। यस पहलले नेपालमा TVET शिक्षाको गुणस्तर सुधार गर्दै दिगो र प्रतिस्पर्धी कार्यशक्ति विकासतर्फ निर्णायक योगदान गर्ने अपेक्षा गरिएको छ।










