समाचार

काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन Kathmandu University School of Education र बाजुराको बडीमालिका नगरपालिकाबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रको विकासका लागि आज (26 December 2025) समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल र बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयको विकास शिक्षा विभागअन्तर्गत रहेको "सेन्टर फर स्किल्स एन्ड सोसाइटीज" ले बडीमालिका नगरपालिकामा कार्यरत TVET शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास तथा शिक्षा रणनीति योजना (Education Strategy Plan) तयार गर्न नगरपालिकालाई प्राविधिक तथा शैक्षिक सहयोग प्रदान गर्नेछ।

यस सहकार्यले स्थानीय तहमा सीपमूलक तथा रोजगारमुखी शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता बढाउन र स्थानीय आवश्यकता अनुरूप शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै स्थानीय तहमा प्रभावकारी TVET कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

45
सीपमूलक तालिम पाठ्यक्रम विकासका लागि NAVT र TITI बीच सम्झौता

सीपमूलक तालिम पाठ्यक्रम विकासका लागि NAVT र TITI बीच सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिकप्रशिक्षण प्रतिष्ठान National Academy of Vocational Training-NAVT र प्राविधिक प्रशिक्षण प्रतिष्ठान Training Institute for Technical Instruction - TITI बीच सीपमूलक तालिमकाे पाठ्यक्रम विकाससम्बन्धी सहजकर्ताहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता सम्पन्न भएको छ।

आज पौष ११ गते TITI मा भएको सम्झौतामा NAVT का कार्यकारी निर्देशक रमेश कुमार बखती र TITI का कार्यकारी निर्देशक अनुज भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको SaMi Programme को प्राविधिक सहयोगमा कार्यान्वयन हुनेछ, जसलाई Helvetas Nepal ले सञ्चालन गरिरहेको छ।

सम्झौताअनुसार प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएपछि राष्ट्रिय व्यवसायिक तालिम प्रतिष्ठानले आर्थिक वर्ष २०८२/०८३ भित्र विभिन्न पेशागत क्षेत्रमा १५ वटा सीपमूलक तालिम पाठ्यक्रम विकास गर्ने योजना बनाएको छ।

ती पाठ्यक्रमहरू राष्ट्रिय पेशागत दक्षता मापदण्ड (National Occupational Competency Standards) अनुरूप तयार गरिने र श्रम बजारको वास्तविक आवश्यकतामा आधारित हुने जनाइएको छ।

यस पहलले दक्ष जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी प्रवर्द्धन र उद्योगको आवश्यकता अनुसारको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

TVET क्षेत्रको सुदृढीकरण तथा सीप–रोजगार–उद्योगबीचको समन्वय मजबुत बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

37
प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षण संस्थाको गुणस्तर सुनिश्चितताका लागि संस्थागत स्तर निर्धारण तथा प्रत्यायन सम्बन्धी कार्य प्रारभ्भ हुने चरणमा रहेको छ । यसका लागि परिषद्ले  शिक्षण संस्थाहरूको गुणस्तरीय सुनिश्चितता सम्बन्धी विनियमावली, मापदण्डहरू तयार गरी सरोकारवालासँग यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

यसैक्रममा मधेश प्रदेशका आठैवटा जिल्लाका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने २० वटा शिक्षण संस्थाका प्राचार्य, कार्यक्रम संयोजक, प्रदेश कार्यालय र मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयका कर्मचारी तथा अन्य सरोकारवाला तथा विषय विज्ञहरूको सहभागिता मिति २०८२ पौष ११ देखि दुई दिने कार्यक्रम सञ्चालन गरेको छ । तालिमको मुख्य उद्देश्य  प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) को गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्दै संस्थागत प्रत्यायनको दिशामा अघि बढ्नु रहेको छ ।

अभिमुखीकरणको औपचारिक उद्‌घाटन सत्रमा मधेश प्रदेश सरकारकी माननीय शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले "प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखी शिक्षण सिकाईमा सुधार गर्नुपर्ने" आवश्यकता औंल्याउनुभयो । उहाँले मधेश प्रदेशमा शैक्षिक गुणस्तर र उपलब्धिमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई श्रम बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि प्राविधिक शिक्षामा गुणस्तरीय सुनिश्चितताका लागि शिक्षण संस्थाहरूको स्तरीकरण गर्न कार्य सह्रनिय भएको बताउँदै यस कार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो । प्रदेश सरकारले टिभेट क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा प्राविधिक तथा व्यवसायिक व्यावसायिक शिक्षा तथा तालिम  संस्थाहरूलाई थप अनुदान तथा सहयोग उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो । मन्त्री तिवारीले प्राविधिक शिक्षाको व्यवस्थापनमा देखिएका संरचनागत चुनौतीतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यबाट प्राविधिक तथा व्यावसायिक शिक्षालाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विद्यार्थीका सिकाई उपलब्धि वढाउन, स्थानीय आवश्यकता अनुसारको प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन, शिक्षण सिकाइमा प्रयोगात्मक अभ्यासलाई वढाउन उद्योग व्यवसायसङ्ग समन्वय र सहकार्य गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) कार्यक्रम सञ्चाल गर्नुपर्ने  वताउनु भयो । साथै, गुणस्तरीय शिक्षा, अध्ययन पश्चात प्राप्तहुने प्रमाणपत्रको मान्यता र शिक्षण संस्थाको स्तरीकरणका लागि 'संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन' (QAA) कार्य प्रारम्भ भएको विषय समेत बताउनुभयो । कार्यक्रममा सिटिइभिटि प्रदेश कार्यालयका निर्देशक अच्युत राज दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमले संस्थागत मान्यता र गुणस्तर सुनिश्चितता सम्बन्धी बुझाइ र व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने यस तालिममा प्रमोदभक्त आचार्य, अच्यत राज दाहाल, हरि मैनाली, भानु पण्डित, खेमराज पोखरेल, कृष्ण बहादुर खड्का तथा सागर मणि न्यौपाने लगायतले सहजीकरण गरिरहनुभएको छ । यो तालिमले मधेश प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक शिक्षण संस्थाको संस्थागत गुणस्तर सुदृढ गर्दै उत्तरदायी र समावेशी प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्राविधिक शिक्षालयहरूको संस्थागत सुधार गर्दै गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका लागि स्तर निर्धारण तथा प्रत्यायन सम्बन्धी कार्य गर्न नेपाल सरकार र स्वीस सरकारको द्दिपक्षिय सम्झौतामा सञ्चालित युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटी) परियोजनाको प्राविधिक सहयोग रहेको छ । स्वीस एजेन्सी फर डेभलेपभेन्ट एण्ड कोअपरेसन (SDC) को तर्फबाट स्वीसकन्ट्याक्ट (Swisscontact) ले क्वालिटी परियोजनालाई प्राविधिक सहयोग प्रदान गर्दछ ।

परिषद्का उप-निर्देशक खेमराज पोखरेले यस सम्बन्धी अभिभुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन भैरहेको जानकारी गराउनु भयो ।  

194
सिप्रदी ट्रेनिङ सेन्टरको १३ वर्षे गौरवमय यात्रा: सीप विकास, जनशक्ति सशक्तीकरण र उत्कृष्टताको निरन्तर अभियान

सिप्रदी ट्रेनिङ सेन्टरको १३ वर्षे गौरवमय यात्रा: सीप विकास, जनशक्ति सशक्तीकरण र उत्कृष्टताको निरन्तर अभियान

नेपालको अटोमोबाइल तथा सहायक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको सिप्रदी ट्रेनिङ सेन्टरले (२१ डिसेम्बर २०२५) मा आफ्नो १३ वर्षे सफल यात्रा पूरा गरेको छ।

यो लामो यात्रामा सिप्रदी ट्रेनिङ सेन्टरले सीप विकास, क्षमता अभिवृद्धि र राष्ट्रिय मोबिलिटी इकोसिस्टम सुदृढीकरणप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई उजागर गरेको छ।

स्थापनाकालदेखि हालसम्म सिप्रदी ट्रेनिङ सेन्टरले नेपालभर ४६,७९७ भन्दा बढी व्यक्तिहरूलाई तालिम प्रदान गर्दै अटोमोबाइल क्षेत्रका दक्ष प्राविधिक, सेवा प्रदायक र व्यावसायिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

संक्षेपमा सिप्रदी ट्रेनिङ सेन्टरको १३ वर्षे उपलब्धि:

नेपालभर ४६,७९७ भन्दा बढी व्यक्तिहरूलाई तालिम प्रदान:-

१६,०४५ कर्मचारीहरूलाई प्राविधिक तथा व्यावसायिक दक्षतामा सशक्तीकरण ।

९,९१३ पार्टनर च्यानलहरू (डिलर, आधिकारिक सेवा केन्द्र, टाटा गुरु लगायत) को क्षमता अभिवृद्धि ।

१९,८९० ग्राहक तथा अपरेटरहरू सशक्त: जसमा स्थानीय प्राविधिक देखि सेना, प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्ति समावेश ।

विभिन्न प्राविधिक शिक्षालयहरुका ९४३ विद्यार्थीहरूलाई भविष्यका लागि कुशल जनशक्ति निर्माणमा योगदान ।

सिप्रदी ट्रेनिङ सेन्टरका तालिम कार्यक्रमहरू केवल प्राविधिक ज्ञानमा सीमित नरही सकारात्मक सोच, जिम्मेवारीबोध र व्यवहारिक प्रयोगमा केन्द्रित छन्। यसले सहभागीहरूको दीर्घकालीन करियर विकास सुनिश्चित गर्नुका साथै नेपालको अटोमोबाइल क्षेत्रलाई थप सुदृढ बनाएको छ।

“एक प्रशिक्षार्थी–एक परिवर्तन” भन्ने विश्वासका साथ सिप्रदी ट्रेनिङ सेन्टरले मोबिलिटी, सेवा र सीप विकासमा उत्कृष्टता हासिल गर्दै राष्ट्रको आर्थिक तथा प्राविधिक उन्नतिमा निरन्तर योगदान दिँदै आएको छ।

32
प्रदेश स्तरीय व्यवस्थापन समीक्षा गोष्ठी २०८२ सम्पन्न

प्रदेश स्तरीय व्यवस्थापन समीक्षा गोष्ठी २०८२ सम्पन्न

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कोशी प्रदेश कार्यालय द्वारा आयोजित प्रदेश स्तरीय व्यवस्थापन समीक्षा गोष्ठी २०८२ मंसिर २५ गते कोशी प्रदेश कार्यालयको सभा हलमा सम्पन्न भएकाे छ ।

परिषद्का सदस्य सचिव ई.महेश भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भएको गोष्ठीमा परिषद् प्राविधिक महाशाखाका निर्देशक ई.अरविन्द कुमार चौधरी, परिषद् कोशी प्रदेश कार्यालयका निर्देशक मिना खरेल, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख एंवम प्रवक्ता दामोदर फुयाल, परिषद् प्राविधिक महाशाखाका उप-निर्देशक दिपक बाबु अर्याल, सामाजिक विकास मन्त्रालयका उपसचिव लक्ष्मी न्यौपाने, परिषद् कोशी प्रदेशका उप-निर्देशक दुर्गा प्रसाद ओझा, परिषद् परिक्षण केन्द्र इटहरीका प्रमुख शिशिर शुब्बा, CIM मोरङका Director General चुडामणी भट्टराई, NVQS परियोजना Province Manager सुभास घिमिरे ,QUALITY परियोजना Province Manager डा. शिव प्रसाद दाहाल , ENSSURE परियोजना Province Manager बिकाश पन्थी, कोशी प्रदेश अन्तर्गतका आंगिक शिक्षालय प्रमुख ज्युहरुको सहभागितामा कार्याक्रम सम्पन्नन भएकाे थियाे ।

80
TVET प्रशिक्षकको शिक्षण सीपलाई शैक्षिक उपलब्धिमा रूपान्तरण गर्ने ऐतिहासिक पहल, KUSOED र Swisscontact बीच अनुदान सम्झौता

TVET प्रशिक्षकको शिक्षण सीपलाई शैक्षिक उपलब्धिमा रूपान्तरण गर्ने ऐतिहासिक पहल, KUSOED र Swisscontact बीच अनुदान सम्झौता

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रका प्रशिक्षकहरूको अभाव र गुणस्तरीय शिक्षण क्षमताको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले Kathmandu University School of Education (KUSOED) र Swisscontact बीच महत्वपूर्ण अनुदान तथा सहकार्य सम्झौता सम्पन्न भएको छ।

Swisscontact ले आफ्नो QualiTY Project तथा SDC समर्थित Quality TVET for Youth Project मार्फत “Training and Certification Programme to Enhance Pedagogical Skills of TVET Instructors” कार्यान्वयन गर्न KUSOED सँग सम्झौता गरेको हो। यस पहलले TVET प्रशिक्षकहरूको शिक्षण सीपलाई औपचारिक शैक्षिक उपलब्धि तथा करिअर विकाससँग जोड्दै नेपालमा अझ व्यावसायिक र दक्ष TVET जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रमले नयाँ तथा कार्यरत दुवै प्रकारका TVET प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा केन्द्रित हुँदै MTVET र PGDTVI जस्ता शैक्षिक मार्गहरू प्रदान गर्नेछ। साथै, Blended learning approach अपनाउँदै सिकाइलाई लचिलो, व्यवहारिक र उद्योगमैत्री बनाइनेछ। कार्यक्रमअन्तर्गत Recognition of Prior Learning (RPL) लाई मान्यता दिइनेछ भने Training Institute for Technical Instruction (TITI) सँग सहकार्य गर्दै कार्यक्रमको गुणस्तर सुनिश्चित गरिनेछ। साथै TVET क्षेत्रका सरोकारवाला निकाय तथा उद्योग साझेदारहरूसँग घनिष्ठ सहकार्य गरिनेछ।

उक्त सम्झौतामा १२ डिसेम्बर २०२५ मा KUSOED का डिन Prof. Bal Chandra Luitel र Swisscontact Nepal का Country Director Sanjay Karki ले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर समारोहमा Training Institute for Technical Instruction (TITI) का Executive Director Anoj Bhattarai को पनि उपस्थिति रहेको थियो।

QualiTY Project नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो, जसलाई Swiss Agency for Development and Cooperation (SDC) को तर्फबाट Swisscontact ले प्राविधिक सहयोग प्रदान गर्दै कार्यान्वयन गरिरहेको छ। यस परियोजनाले नेपालमा TVET प्रणालीको गुणस्तर, प्रशिक्षकको पहिचान तथा व्यावसायिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

KUSOED ले उक्त Training and Certification Programme लाई औपचारिक रूपमा फेब्रुअरी २०२६ मा सार्वजनिक शुभारम्भ गर्ने जनाएको छ। यस पहलले नेपालमा TVET शिक्षाको गुणस्तर सुधार गर्दै दिगो र प्रतिस्पर्धी कार्यशक्ति विकासतर्फ निर्णायक योगदान गर्ने अपेक्षा गरिएको छ।

58
© 2025 TVET Times. All Rights Reserved.