
नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अब्रार एच. हाश्मीद्वारा चितवनस्थित स्कुल अफ हेल्थ साइन्सको औपचारिक भ्रमण
मङ्सिर १९
नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अब्रार एच. हाश्मीले मङ्सिर १६ गते डिसेम्बर-२ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को आंगिक शिक्षालय, स्कुल अफ हेल्थ साइन्स, भरतपुर, चितवनमा औपचारिक भ्रमण गर्नुभयो।
भ्रमणका क्रममा उहाँले विद्यार्थी र संकाय सदस्यहरूसँग अन्तरक्रिया गर्दै पाकिस्तानी दूतावास स्कुल अफ हेल्थ साइन्सलाई विभिन्न माध्यमबाट सहयोग गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले वास्तविक रुपमा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउन दूतावास तयार रहेको उल्लेख गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (TVET) को गुणस्तर सुदृढीकरण तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा समेत सहयोग गर्न दूतावास इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम शिक्षालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा भरतपुर आँखा अस्पतालकी प्रमुख मेडिकल निर्देशक डा. पुष्पा गिरीको उपस्थिति थियो। स्वागत मन्तव्य उपप्राचार्य दीपक चौधरीले प्रस्तुत गर्नुभएको थियो। प्राचार्य पौडेलले शिक्षालयको संक्षिप्त प्रस्तुति दिँदै महामहिम राजदूतलाई टोकन अफ लभ समेत प्रदान गर्नुभयो।
कार्यक्रममा दुतावासका सदस्य मण्डल सहित शिक्षालयका सम्पुर्ण संकायका विभागिय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।










