Advertisement 1
काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

प्रकाशित: ११ पुष २०८२, ०८:३१
45

काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन Kathmandu University School of Education र बाजुराको बडीमालिका नगरपालिकाबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रको विकासका लागि आज (26 December 2025) समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल र बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयको विकास शिक्षा विभागअन्तर्गत रहेको "सेन्टर फर स्किल्स एन्ड सोसाइटीज" ले बडीमालिका नगरपालिकामा कार्यरत TVET शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास तथा शिक्षा रणनीति योजना (Education Strategy Plan) तयार गर्न नगरपालिकालाई प्राविधिक तथा शैक्षिक सहयोग प्रदान गर्नेछ।

यस सहकार्यले स्थानीय तहमा सीपमूलक तथा रोजगारमुखी शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता बढाउन र स्थानीय आवश्यकता अनुरूप शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै स्थानीय तहमा प्रभावकारी TVET कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement 3
Advertisement 4
Advertisement 5
Advertisement 6

सेयर गर्नुहोस्:

Advertisement 5
Advertisement 6

कमेन्ट्स

© 2025 TVET Times. All Rights Reserved.