Advertisement 1
प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रकाशित: ११ पुष २०८२, ०४:३३
194

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षण संस्थाको गुणस्तर सुनिश्चितताका लागि संस्थागत स्तर निर्धारण तथा प्रत्यायन सम्बन्धी कार्य प्रारभ्भ हुने चरणमा रहेको छ । यसका लागि परिषद्ले  शिक्षण संस्थाहरूको गुणस्तरीय सुनिश्चितता सम्बन्धी विनियमावली, मापदण्डहरू तयार गरी सरोकारवालासँग यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

यसैक्रममा मधेश प्रदेशका आठैवटा जिल्लाका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने २० वटा शिक्षण संस्थाका प्राचार्य, कार्यक्रम संयोजक, प्रदेश कार्यालय र मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयका कर्मचारी तथा अन्य सरोकारवाला तथा विषय विज्ञहरूको सहभागिता मिति २०८२ पौष ११ देखि दुई दिने कार्यक्रम सञ्चालन गरेको छ । तालिमको मुख्य उद्देश्य  प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) को गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्दै संस्थागत प्रत्यायनको दिशामा अघि बढ्नु रहेको छ ।

अभिमुखीकरणको औपचारिक उद्‌घाटन सत्रमा मधेश प्रदेश सरकारकी माननीय शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले "प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखी शिक्षण सिकाईमा सुधार गर्नुपर्ने" आवश्यकता औंल्याउनुभयो । उहाँले मधेश प्रदेशमा शैक्षिक गुणस्तर र उपलब्धिमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई श्रम बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि प्राविधिक शिक्षामा गुणस्तरीय सुनिश्चितताका लागि शिक्षण संस्थाहरूको स्तरीकरण गर्न कार्य सह्रनिय भएको बताउँदै यस कार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो । प्रदेश सरकारले टिभेट क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा प्राविधिक तथा व्यवसायिक व्यावसायिक शिक्षा तथा तालिम  संस्थाहरूलाई थप अनुदान तथा सहयोग उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो । मन्त्री तिवारीले प्राविधिक शिक्षाको व्यवस्थापनमा देखिएका संरचनागत चुनौतीतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यबाट प्राविधिक तथा व्यावसायिक शिक्षालाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विद्यार्थीका सिकाई उपलब्धि वढाउन, स्थानीय आवश्यकता अनुसारको प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन, शिक्षण सिकाइमा प्रयोगात्मक अभ्यासलाई वढाउन उद्योग व्यवसायसङ्ग समन्वय र सहकार्य गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) कार्यक्रम सञ्चाल गर्नुपर्ने  वताउनु भयो । साथै, गुणस्तरीय शिक्षा, अध्ययन पश्चात प्राप्तहुने प्रमाणपत्रको मान्यता र शिक्षण संस्थाको स्तरीकरणका लागि 'संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन' (QAA) कार्य प्रारम्भ भएको विषय समेत बताउनुभयो । कार्यक्रममा सिटिइभिटि प्रदेश कार्यालयका निर्देशक अच्युत राज दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमले संस्थागत मान्यता र गुणस्तर सुनिश्चितता सम्बन्धी बुझाइ र व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने यस तालिममा प्रमोदभक्त आचार्य, अच्यत राज दाहाल, हरि मैनाली, भानु पण्डित, खेमराज पोखरेल, कृष्ण बहादुर खड्का तथा सागर मणि न्यौपाने लगायतले सहजीकरण गरिरहनुभएको छ । यो तालिमले मधेश प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक शिक्षण संस्थाको संस्थागत गुणस्तर सुदृढ गर्दै उत्तरदायी र समावेशी प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्राविधिक शिक्षालयहरूको संस्थागत सुधार गर्दै गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका लागि स्तर निर्धारण तथा प्रत्यायन सम्बन्धी कार्य गर्न नेपाल सरकार र स्वीस सरकारको द्दिपक्षिय सम्झौतामा सञ्चालित युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटी) परियोजनाको प्राविधिक सहयोग रहेको छ । स्वीस एजेन्सी फर डेभलेपभेन्ट एण्ड कोअपरेसन (SDC) को तर्फबाट स्वीसकन्ट्याक्ट (Swisscontact) ले क्वालिटी परियोजनालाई प्राविधिक सहयोग प्रदान गर्दछ ।

परिषद्का उप-निर्देशक खेमराज पोखरेले यस सम्बन्धी अभिभुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन भैरहेको जानकारी गराउनु भयो ।  

Advertisement 3
प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
Advertisement 4
प्राविधिक शिक्षामा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
Advertisement 5
Advertisement 6

सेयर गर्नुहोस्:

Advertisement 5
Advertisement 6

कमेन्ट्स

© 2025 TVET Times. All Rights Reserved.